१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

डर

लघुकथा

छविलाल खड्का

अप्सराको रूपधारण गरेर पृथ्वीमा घुम्न निस्किइन्, पार्वती। सबैको ध्यान दृष्टि उनीतिरै गयो।

केही समयपछि।

नन्दनी वनको बिचमा ठूलो पिपल थियो। त्यही पिपलको आश्रयमा बसी, एक यौवनादी। एक ढिठ, एक मन। जिग्रिङै कपाल। क्रोधित मुखमण्डल। पीडायुक्त भावभङ्गी। लाग्थ्यो, मर्नुभन्दा बहुलाउनु निको!

साँझ झिसमिसे भयो। खत्र्याकखुत्रुक आवाज आयो। ऊ सजक भई। आवाज आएतिर ध्यान दिई। एm चकित परी। सामुन्ने महादेवलाई देखी। असमञ्जसमा परी। सिधा हेर्न नसकी भुँइतिर हेरी।

‘यस्तो अनकण्टार र घनघोर जंगलको बिचमा तिमीलाई डर लाग्दैन, बालिके?’ महादेवले पार्वतीसँग मिल्दोजुल्दो अनुहार भएकी मानुषीसँग सोधे।

उसले प्रतिप्रश्न गरी, ‘केको डर?’

‘हिंस्रक जनावर, जस्तै: बाघ, भालु!’ डर देखाउँदै भने।

ऊ अचानक फिस्स हाँसी र भनी, ‘लाग्थ्यो, जंगली जनावरको डर र मान्छेको भर। जतिखेर म सानी थिएँ।’

‘अनि अहिले?’ आफूले गरेको सृष्टिमाथि शंका गर्दै सोधे।

ऊ द्रविभूत हुँदै भनी, ‘देख्नुभएन प्रभु! मेरो यो रूप! अहिले त बरु जनावरसँग भर र मान्छे भनाउँदासँग डर लाग्न थाल्यो।’

प्रकाशित: ११ श्रावण २०७९ ०८:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App