२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

शंका

लघुकथा

नवराज शर्मा

सबैलाई भाग पुर्‍याउन नसकेपछि सात भाइले घरलाई सात भाग लाए। आफ्नो सुरक्षा र सुविधाका लागि आफूखुसी व्याख्या र व्यवस्था गरे। वैधानिक, अवैधानिक समर्थन र हस्तक्षेप गरे। कहिले एउटासँग कहिले अर्कोसँग गर्दन जोरे। कहिले दशानन कहिले चतुरानन बने। गर्दन जोडिएकाहरूले पवित्र गठबन्धन भने, छुट्टिएकाहरूले अप्राकृतिक सम्बन्ध भने। तथाकथित सिद्धान्तलाई पाखा लगाए, जोरले नारा लगाए, ‘हाम्रो गठबन्धन जिन्दावाद!’

विज्ञ र विशलेषकले आ-आफ्नो दुनो सोझिने गरी व्याख्या र विश्लेषण गरे,‘सही निर्णय, दुर्घटना टर्‍यो।’

अन्ततः चखुवाहरूले समर्थनमा जोरदार ताली बजाए, ‘...परर्र-परर्र!’

तैपनि ताली खाने र ताली बजाउने दुवै थरी भोलि कुन कित्तामा ताली बज्ने हुन् र बजाउनुपर्ने हो भनेर आशङ्कित देखिन्थे।  

प्रकाशित: ७ श्रावण २०७९ ०८:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App