२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

अग्निचक्र १३०औं अंक परिचर्चा कार्यक्रम सम्पन्न

अग्निचक्र १३० औं खेमराज पोखरेल विशेष अंकको परिचर्चा कार्यक्रम काठमाडौंको बत्तीसपुतलीस्थित तृप्त रेस्टुरेन्टमा सम्पन्न भएको छ।

साहित्यकार विनयकुमार शर्मा नेपालको सभापतित्वमा वरिष्ठ कलाकार हरिप्रसाद शर्माको प्रमुख आतिथ्यमा परिचर्चा कार्यक्रम सम्पन्न भएको हो।

अग्निचक्र मासिकका सम्पादक/प्रकाशक लक्ष्मीनारायण भट्टराईले साहित्य समृद्धिका लागि साहित्यका विविध विधामा कमल चलाउने पोखरेलको विशेष अंक निकालेको बताए।

पत्रिकाका सम्पादक लक्ष्मीनारायण भट्टराईले सञ्चालन गरेको उक्त कार्यक्रममा पत्रिकाबारे साहित्यकार ज्ञाननिष्ठ ज्ञवाली, मन्दिरा मधुश्री, विश्वराज अधिकारी, खेमराज पोखरेल, श्रीओम श्रेष्ठ रोदन, ठाकुर शर्मा भण्डारी, रामप्रसाद पन्त, हरिप्रसाद शर्मा, विनयकुमार शर्मा नेपालले प्रकाश पारेका थिए।

प्रकाशित: ५ श्रावण २०७९ ०३:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App