रेखा सुवेदी
छुपुमा छुपु रोपेको धान, बाढीले लैजाला,
जहान पाल्नु कसरी मैले, बेकार भैजाला।
फाटेको आङ, उध्रेको पाउ, घामले खाएको,
बर्खामा रुझी, बाढीमा बगी, बलैले बाँचेको।
देख्दछ कस्ले, बुझ्दछ कसले, पसीना बगेको,
चट्टान फोडी, सफल हाँसी, जनता बाँचेको।
तराईमा अन्न,पहाडमा सब्जी, हिमाल औषधि,
उम्रिन्नन् त्यसै किसानका नङ्ग्रा, भुईमा नझरी।
फलेको थोक सस्तोमा बेच्छ, भाउ तोक्ने अरू नै,
उक्सेन दिन,उठेन जीवन, कृषक दाहिन्छ झन्झनै।
प्रकाशित: १६ असार २०७९ ०५:३७ बिहीबार