२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

जिल्ला स्तरीय व्याडमिन्टनमा वसन्त र प्रेमराज तथा नूमा र भावनाको जोडीलाई उपाधि

विजया दशमी तथा शुभ दीपावलीको अवसरमा ताप्लेजुङको फुङलिङमा आयोजित जिल्ला स्तरीय खुला व्याडमिन्टन प्रतियोगिताको खुला पुरुषतर्फको उपाधि वसन्त गुरुङ र प्रेमराज लिम्बूको जोडीले जितेको छ।

इन्द्रणी व्याडमिन्टन हलमा आयोजित प्रतियोगितामा मिलिन् गुरुङ र सरोज लिम्बूको जोडीलाई उपविजेतामा रोक्दै बसन्त र प्रेमराजको जोडी प्रथम भएको हो। प्रतियोगितामा बिजेता हुने नगद २० हजार र उपविजेता हुनेले नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

प्रतियोगितामा महिला खुलातर्फ नूमा लिम्बू र भावना केदेमको जोडी  विजेता बन्दा सरुना गुरुङ र मनिता गुरुङको जोडीले उपविजेता बन्यो। उनीहरूले क्रमशः नगद १५ र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। जुनियर डबल्समा मिसेकहाङ चोङ्वाङ र डेबिट गुरुङको जोडी विजेता र प्रकाश लिम्बू र रविन सुनुवारको जोडी उपविजेता भए।

विजेताले नगद १५ हजार र उपविजेताले नगद १० हजार रुपैयाँ पुरस्कार पाए। प्रतियोगितामा महिलातर्फ निरुसा लिम्बू उत्कृष्ट महिला खेलाडी र लिना गुरुङ उदयमान खेलाडीका रुपमा छनौट हुँदै जनही नगद १ हजार ५ सय रुपैयाँका दरले पुरस्कृत भए।

यस्तै पुरुषतर्फ सविन गुरुङ उत्कृष्ट खेलाडी तथा करन लिम्बू उदयमान खेलाडी घोषित हुँदै जनही नगद दुईहजार रुपैयाँ पुरस्कार पाउन सफल भए। शिव आइरन प्रालि झापा मुख्य प्रायोजक तथा पाथीभरा हार्डवेयर फुङलिङका प्रोपाइटर कृष्ण गुरुङ र फुङ्लिङ नगरपालिका वडा नं नं ६ ले प्रतियोगिता सञ्चालनका लागि सहयोग गरेको ताप्लेजुङजिल्ला व्याडमिन्टन संघका अध्यक्ष सुरेश सिंघकले जानकारी दिए।

प्रकाशित: २५ आश्विन २०८१ ११:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App