२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
कला

'चिसो मान्छे'ले सबैकाे मन जित्नेमा विश्वस्त छु: स्वस्तिमा खड्का

नेपाली कथानक चलचित्र चिसो मान्छे आजबाट सार्वजनिक भएको छ। स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य अभिनय रहेको फिल्म चिसो मान्छे आजबाट प्रदर्शनमाआएको हो। 

कर्णाली आसपासको कथा बोकेको यो चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन्। उनले यसअघि पशुपतिप्रसाद, आमालगायत चलचित्र निर्देशन गरेका थिए। फिल्म सार्वजनिक पछि सिने पत्रकारहरुसँग कुरा गर्दै नायिका स्वस्तिमा खड्काले फिल्म चल्नेमा विश्वस्त रहेको बताइन्। 

उनले फिल्मले नेपालीहरुको वास्तविक कथा बोकेको र गाउँले परिवेशमा रहेकोले पनि राम्रो रहेको प्रतिक्रिया दिइन्। नायिका खड्काले फिल्ममा कुनै अवार्ड पाउने भन्ने मनशायले अभिनय नगरेको बरु अभिनयलाई सुधार्दै गएको बताइन्।

त्यस्तै नायक अर्पण थापाले कोरोना कालको लकडाउन भन्दाअघि मानिसहरुमा मर्छु भन्ने चिसोपन त्यत्ति नभएको तर त्यसपछिका दिनमा सबै चाहिने रहेछ भन्ने अनुभुतिभएको पाइएको बताए।

दीपेन्द्र के खनालनिर्देशितफिल्म ‘चिसो मान्छे’ आजबाट एकसाथ नेपाल, अमेरिका र माल्टामा प्रदर्शनमाआएको हो।

यो फिल्म यस साता रिलिज एक मात्र फिल्म पनि हो। कोरोना महामारीको बीचमा कतारबाट ल्याइएको श्रमिकको शवलाई काठमाडौंदेखि बाजुरासम्म पुर्‍याउन गरिएको असजिलो यात्राको कथावस्तुलाई फिल्ममा चित्रण गरेको पाइन्छ। फिल्ममा कोरोना संक्रमणको त्रास, पूर्व माओवादी लडाकु वैदेशिक रोजगारीमा पुगेपछि हृदयघातले हुने मृत्यु र शवलाई घरसम्म लैजान भएको सास्तीलाई उतारिएको छ। सुदूरपश्चिममा हुने बालविवाह र लकडाउनले आम मानिसमा पारेको आर्थिक असरका आयामलार्ई समेत फिल्ममा स्थान दिइएको छ।

प्रकाशित: ३ असार २०७९ १३:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App