१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

बल

लघुकथा

तारा केसी

–अब त पढाइ पनि सकियो। इलम पेशा पनि भयो। अबचाहिं विवाह गर्नुपर्छ है छोरा! तैले कोही मन पराएको छस् भने भन् नत्र हामी केटी खोज्छौ।

बाआमाको सधैं यही कुरा हुन्थ्यो। उसले सोच्यो, ‘अब विवाह गर्नुपर्छ। केटी खोज्ने जिम्मा उसले बाआमालाई नै दियो। बाआमाले खोजेकै केटीसँग धुमधामले उसको विवाह भयो।

विवाहपछि बुहारी कोठाबाट बाहिर निस्कन थालिन्। बिरामी पनि होइन। घरमा काम सघाउने कोही नहुँदा बुढाबुढी हैरान भए। एक मात्र छोरो केही भनौ भने  घरमा अशान्ति  होला कि  भनेर उनीहरू चुपचाप थिए।

एकदिन उसले श्रीमतीसँग सोध्यो, ‘तिमी बिरामी छौ हो?’

–छैन।

–केही समस्या छ तिम्रो?

–छैन।

जे सोधे पनि छैन–छैन मात्र जवाफ दिने श्रीमतीले श्रीमानसँग मस्किंदै भनी, ‘हजुर किन यसरी आत्तिनुभाको? मलाई केही भएकै  छैन। मैले त पछिका लागि भनेर एक चिज साँचिराको छु नि।’

उसले सोध्यो, ‘त्यो के हो?’

श्रीमतीले भनी, ‘बल!’

–बल?

–हो बल।

ऊ छक्क पर्‍यो।

भोलि हामी बाआमासँग छुट्टिएर बसेपछि काम लाग्छ भनेर खर्च नगरी राखेको।’

प्रकाशित: २८ जेष्ठ २०७९ ०७:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App