२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

चुनाव

लघुकथा

नारायण कोइराला

उसलाई सोधें, ‘कत्तिको आशा छ!’

‘अहो सर, सतप्रतिशत।’ मसँग निकैबेर समय बिताउन खोज्यो।

मसँग खासै समय थिएन। अगाडि बढें।

अर्को चोकमा अर्को भेटियो। उसलाई पनि सोधें, ‘के छ अवस्था!’

–सतप्रतिसत हाम्रै हो सर। दुवैको जय होस्।

केही दिनपछि त्यहीं बाटो हिंड्दै थिए। दुवै जनालाई चौपारीमा देखें। म उनीहरूसँग समय बिताउन चाहन्थे। उनीहरू दुवै व्यस्त थिए। मनमा अचम्म लाग्यो र सोधे, ‘दुवै जना सतप्रतिसत?’

उनीहरूको अनुहार बिग्रियो। मैंले बुझे,‘चुनाव सकिएछ।’  

प्रकाशित: १४ जेष्ठ २०७९ ०७:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App