२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

सत्य कुरा व्यक्त गर्दा खराब मान्छ दुनियाँले

गजल

कमला घिमिरे

मौन भई बस्यो भने कमजोर ठान्छ दुनियाँले,

सत्य कुरा व्यक्त गर्दा खराब मान्छ दुनियाँले।

कसैको हितमा बोल्यो भने उल्टो अर्थ लगाएर,

प्रतिगामीको आरोप लगाई फर्किहान्छ दुनियाँले।

मजबुत हुँदा स्वार्थ लुट्दै वाहवाही बजाएर,

तिमीबाट पाउने जति सबै  खान्छ दुनियाँले।

समस्यामा पर्दाखेरि जरैदेखि हल्लाएर,

...पुछेको ढुंगाजस्तै छाडी जान्छ दुनियाँले।

अघि बढ्न खोज्यो भने अरूलाई उछिनेर,

ओरालोमा तल बसी खुट्टा तान्छ दुनियाँले।

समर्पण गर आफूलाई सर्वस्व नै सुम्पिएर,

अनि मात्र आफैंतिर तान्दै लान्छ दुनियाँले।

प्रकाशित: १३ जेष्ठ २०७९ ०५:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App