८ वैशाख २०८१ शनिबार
कला

'मानिस ठूलो दिलले हुन्छ' फिल्म बन्ने

'मानिस ठूलो दिलले हुन्छ' नामक गीति चलचित्र निर्माण हुने भएको छ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चलचित्र निर्माण गर्ने जानकारी गराइएको हो। फिल्म सौरपानी मिडिया प्रा.लि.ले बनाउन लागेको हो। कार्यक्रममा बोल्दै प्रोड्युसर मणि नेपाली पनेरुले फिल्ममा बच्चादेखि नै भिन्न जातीका दुईजना बालबालिका एक आपसमा धेरै नजिक हुने र पछि छुट्ने तर एक दोहोरीमा अचानक भेट हुने सुखद् कहानी रहेको बताए। उनले यो गीति फिल्म मुनामदनबाट प्रेरित भएको तर मुनमदनका कथावस्तुहरु नरहने पनि बताए।

फिल्ममा अविनाष न्यौपाने, श्रीया कार्की, मोहन निरौला, उत्तम केसी, सरु सुनार, शुभम आचार्य र सुविना न्यौपानेको अभिनय रहनेछ। विकास दाहालको सम्पादन रहने फिल्मलाई मणि नेपाली पनेरुले निर्माण गर्ने छन्। फिल्मको छायांकन उत्सव दाहालले गर्ने छन् भने फिल्मको निर्देशन देवेन्द्र पाण्डेले गर्ने छन्।

प्रकाशित: ११ जेष्ठ २०७९ ०८:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App