१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

सलमान खानको कन्सर्ट स्थगित

बलिउड अभिनेता सलमान खानको आगामी शनिबार दशरथ रंगशालामा हुने भनिएको कन्सर्ट स्थगित गरिएको छ। आयोजक संस्था ओडीसी इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक सीमान्त गुरुङले ‘दबाङ रिलोडेड टुर’ स्थगित गरिएको जानकारी गराए।

स्थानीय चुनावको कारण टिकट सोचे अनुसार बिक्री हुन नपाएको र पानी पर्ने सिजन पनि सुरु भएको भन्दै कन्सर्ट स्थगित गरिएको उनले बताए।

अनुकूल समयमा कार्यक्रम गर्नेगरी अर्को मिति चाँडै घोषणा हुने जानकारी पनि उनले दिए।

सलमानको नेपाल टुर रोकिएको यो दोस्रो पटक हो।

प्रकाशित: १० जेष्ठ २०७९ १२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App