१९ असार २०८१ बुधबार
image/svg+xml
कला

वानीरा फाउन्डेसन संग्रहालयको उद्घाटन तथा पुरस्कार वितरण

महासमालोचक प्राडा वासुदेव त्रिपाठीले  एक समारोहका माझ वानीरा फाउन्डेसन भवनको उद्घाटन गरे। सोही अवसरमा महासमालोचक प्राडा त्रिपाठीले नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीको पूर्ण कदको प्रतिमा उद्घाटन गरे। साथै उनले  वानीरा संग्रहालयको पनि उद्घाटन गरे।

महासमालोचक प्राडा वासुदेव त्रिपाठीले सुप्रसिद्ध साहित्यकार कालीप्रसाद रिजाललाई एक लाख रुपियाँ राशि सहित वानीरा प्रज्ञा पुरस्कार, मुक्तक सम्राज्ञी उषा शेरचनलाई पचास हजार रपियाँ राशि सहित वानीरा पुरस्कार र मूर्तिकार महेश तुलाधरलाई पच्चीस हजार रुपियाँ राशिसहित वानीरा कला पुरस्कार समर्पण गरे।

इञ्जिनियर शंकर गिरीको  इच्छा अनुसार वानीरा फाउन्डेसनको स्थापना भएको हो। डा.वानीरा गिरीको २०७८ साल जेठ ९ गते कोरानाका कारण निधन भएको थियो।

वरिष्ठ साहित्यकार इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा महासमालोचक प्राडा वासुदेव त्रिपाठी, कालीप्रसाद रिजाल, उषा शेरचन, वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई.शंकर गिरी र सदस्यसचिव नरेन्द्रराज प्रसाईबाट मन्तव्य प्रकट भएको थियो।

प्रकाशित: २१ वैशाख २०७९ ०५:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App