४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
कला

बोल क्रान्तिको आवाज

कविता

प्रेम शर्मा एकान्तप्रेमी

कति सहन्छौ अन्याय–अत्याचार

कति देखाउँछौं सपनाको महल

सपना त हजुर म पनि देख्छु।

तिम्रो सपनामा हजुर

अब कति दिन हेर्न तमासा

बोल क्रान्तिको आवाज।

शहीदका सपनाहरू छटपटिरहेका छन्।

जसरी छट्पटी रहेछ..!

सत्तापरिवर्तनका निम्ति मन्त्रीहरू

सहुलियत र विकास गर्ने

होडबाजीमा उद्घाटन गर्दै

गाउँबस्ती र शहरमा घुमिरहेका छ्न।

जसरी छटपटिरहेको छ।

भासभूमिको मुद्दा,

पुग्छ संसद् भवनको अगाडि र ओइलिन्छ।

भोट र पैसाको शक्तिमा,

मेटिन्छन् मेरा देशका अनेकौ पहिचान र सपनाहरू।

औंसीको विशाल अँध्यारो र साम्राज्यले निल्नु थाल्छ।

म उभिएको माटो र,

भाषा–संस्कृतिहरू

तब मैले यो मृत्यु र जिन्दगीबीच

उभिएर चिच्याउनुपर्छ।

हे उठ,उठउठ!

क्रान्तिको आवाज बोल।

चिया बगानबाट उठ,

चिहानहरूबाट निस्क,

विभिन्न पाटीका झन्डाहरू

एक भएर विद्रोह गर।

क्रान्तिको आवाज बोल।

ए भुईं मान्छेहरू,

पराजित कहानीहरूलाई च्यादै

प्रतिगमन र विरोधीहरूलाई

एक पार्दै,

बोल क्रान्तिको आवाज।

अब संगीतहरू

क्रान्तिको धुन बज्ने छ।

कति सहन्छौ

अन्याय अत्याचार

बोल क्रान्तिको आवाज।

प्रकाशित: २१ वैशाख २०७९ ०२:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App