२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

नेपाल–भारत साहित्य महोत्सवमा सर्जकहरू सम्मानित हुने

काठमाडौंमा २०७९ वैशाख १६–१८ मा आयोजना गरिने नेपाल–भारत साहित्य महोत्सव दोस्रो संस्करणमा वरिष्ठ सस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीलाई भानु सम्मान २०७९ प्रदान गरिने भएको छ।

नेपाल–भारत साहित्य महोत्सव आयोजक समितिका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो। सोही बैठकले जोशीको शिघ्र स्वास्थलाभको कामना पनि गरेको थियो।

सोही महोत्सवको अवसरमा वरिष्ठ साहित्यकारहरु प्राडा वासुदेव त्रिपाठी, प्राज्ञ वैरागी काइला, मोदनाथ प्रश्रित, घनश्याम राजकर्णिकार, गणेश रसिक, प्राडा गोविन्दराज भट्टराई, डा. रामदयाल राकेश र डा. राजेन्द्र विमललाई भानु–तुलसी साहित्य सम्मान प्रदान गर्ने भएको छ।

यसैगरी वरिष्ठ सर्जकहरु हिरण्यकुमारी पाठक, डा. गार्गी शर्मा, माया ठकुरी, प्राडा उषा ठाकुर, डा. बेन्जु शर्मा, प्राज्ञ उन्नती बोहरा शीला र पद्मावती सिंहलाई भानु–तुलसी साहित्य सम्मान प्रदान गर्ने भएको छ।

यसैगरी भारतका साहित्यकार एवं मेरठ फेस्टिवलका आयोजक डा. विजय पण्डितलाई नेपाल सम्मान २०२२ तथा नेपाल–भारत साहित्य महोत्सव प्रथम संस्करणका अध्यक्ष साहित्यकार गणेश लाठलाई पनि सम्मानित गर्ने भएको छ।

सबै सम्मान २०७८ वैशाख १६ गते प्रदान गर्ने जानकारी महोत्सव सचिवालयले जनाएको छ।

नेपाल–भारत साहित्य महोत्सवले गत २०७८ फागुन १४ गते भारतको केरलाबाट आएका साहित्यकारहरु डा. रतिका पंचारप्पोयिल कोट्टायी, डा. रम्या बालन के र कवि दिलना के. रविलाई सम्मानित गरिसकेको छ। सोही कार्यक्रममा दिल्ली, भारतबाट आएका साहित्यकारहरू कमला सिंह र दिलदार देहलवीलाई पनि सम्मान गरेको थियो।

प्रकाशित: १४ वैशाख २०७९ ०१:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App