१३ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

साहित्यकार समीर सम्मानित

भद्र घले सेवा सदनद्वारा पत्रकार तथा साहित्यकार प्रकाश समीरलाई रु. १ लाख नगद  पुरस्कारले सम्मान गरिएकोे छ।

सदनको वार्षिक साधारण सभाको अवसरमा पारेर सेवा सदनले समीरको साहित्य, पत्रकारिता र सामाजिक योगदानको मूल्यांकन गर्दै उक्त पुरस्कारले सम्मान गरेको हो।

सम्मानित समीर गोधूलि साहित्य प्रतिष्ठानमा अध्यक्ष र अर्को आँखा साप्ताहिकमा सम्पादकको रूपमा आबद्ध छन्।

संस्थाको वार्षिक साधारण सभाको अवसरमा विभिन्न क्षेत्रमा पहिचान बनाएका १५१ महिलाबाट साहित्यकार घलेका १५१ पुस्तक लोकार्पण गरिएको छ।

सो कार्यक्रममा पूर्व प्रध्यानन्ययाधीश सुशीला कार्की, काठमाडौं महानगरपालिको मेयर पदकी उम्मेरदवार सिर्जना सिंह लगायतका विशिष्ट महिलाहरूको उपस्थिति थियो।

साहित्यकार तथा समाजसेवी घलेद्वारा लिखित  पुस्तकको लोकार्पण तथा संस्थाको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै कार्कीले घलेको सक्रियताको प्रशंसा गर्दै सही मान्छे छानेर मुलुकलाई अगाडि बढाउनुको विकल्प नभएको बताइन्। हामीलाई घलेको सक्रियताप्रति गर्व लाग्छ। यस्तो महान् कार्यबाट घले विश्व रेकर्ड राख्ने तयारीमा छिन्।

प्रकाशित: १२ वैशाख २०७९ ०३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App