१७ असार २०८१ सोमबार
image/svg+xml
कला

साहित्यकार निरौला सम्मानित

साहित्य, कला र संस्कृतिको जगेर्ना तथा प्रवर्द्धन गर्ने उद्देश्य लिएर स्थापना गरिएको अभियान साहित्य कलाकार समाजले साहित्यकार लक्ष्मी निरौला लगायतलाई सम्मान अभिनन्दन गरेको छ।

भक्तपुरको लोकन्थलीस्थित एक कार्यक्रममा वरिष्ठ साहित्यकार तथा समाजसेवी ९२ वर्षीया भद्रकुमारी घलेले सो सम्मान गरेकी हुन्। कार्यक्रममा मोदनाथ प्रश्रित, रामकुमार पाण्डे, अशेष मल्ल, हरिबहादुर थापा, रमेश खकुरेल, राज्यलक्ष्मी नकर्मी लगायतको उपस्थिति रहेको थियो।  

कार्यक्रममा साहित्यकार गणेश घिमिरे मार्मिक तथा कलाकारितातर्फ योगदान पुर्‍याउने रामचन्द्र अधिकारी, सुभाष गजुरेल, सुरबीर पण्डितलाई पनि सम्मान गरिएको थियो।  

संस्थाले आगामी दिनमा प्रत्येक वर्ष कलाकारिता, साहित्य तथा समाजसेवामा योगदान पुर्‍याउने तीन जना व्यक्तित्वलाई सम्मान गरिने र कलाकार तथा साहित्यकारको हक, हित र संरक्षण तथा प्रवर्द्धनमा विशेष योजना ल्याएर सकृय रुपमा काम गर्ने आयोजक संस्थाले जनाएको छ। कार्यक्रममा कविता वाचन गरिएको थियो।

प्रकाशित: ३ वैशाख २०७९ ११:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App