१६ चैत्र २०८० शुक्रबार
कला

स्वागत नयाँ वर्षलाई

कविता

नयाँ वर्ष शुभ बिहानीसँगै तिमीलाई स्वागत छ

पिर बाधा अनि दुःख सबै बिर्सी तिमीलाई स्वागत छ।

अति भयो दुःखैदुःख हामीलाई जहिले पनि

नयाँ हर्ष उल्लासका साथ तिमीलाई स्वागत छ।

 

नयाँ वर्ष तिमीलाई धेरै आशासहित स्वागत छ  

धेरै कार्य शुभ होस् भनी तिमीलाई स्वागत छ।

अब सुखैसुखको चाहनामा तिमीलाई स्वागत छ  

वसन्त ऋतुसँगै आगमन भैरहँदा धेरैधेरै स्वागत छ।

 

आँटेका काम पूरा हुन्, तिमीलाई स्वागत छ  

सबैतिर सुखशान्ति होस्, तिमीलाई स्वागत छ।

हामी पनि आत्मनिर्भर बनौं, तिमीलाई स्वागत छ

नयाँ वर्ष शुभ बिहानीसँगै तिमीलाई मुरीमुरी स्वागत छ।

प्रकाशित: १ वैशाख २०७९ ०६:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App