१७ असार २०८१ सोमबार
image/svg+xml
कला

श्रमिक बरालको ‘श्रमिक बरालका फुटकर रचनाहरू’ बजारमा

साहित्यमा निरन्तर कलम चलाइरहने श्रमिक बराल अर्थात डा. खगराज बरालको फुटकर रचनाहरूको सङ्ग्रह ‘श्रमिक बरालका फुटकर रचनाहरू’ बजारमा आएको छ।

भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको यस सङ्ग्रहमा साहित्यका तीन विधा कथा, लघुकथा र कवितालाई कथा खण्ड, लघुकथा खण्ड र कविता खण्डमा विभाजन गरिएको छ। यस सङ्ग्रहभित्र दुईओटा कथा, पन्ध्रओटा लघुकथा र एघारओटा कविता समेठिएका छन्। श्रमिक बरालले पचासका दशकमा रचना गरेका यी कथा, लघुकथा र कविताहरू तत्कालीन समयमा विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका थिए।

पचासको दशकमा लेखिएका यी कथा, लघुकथा र कविताहरूमा तत्कालीन समयप्रति असन्तुष्टि, सामाजिक तथा राजनीतिक विकृतिप्रति व्यङ्ग्य र सुधारका लागि युगचेतना मुखरित भएका छन्। यी तीन विधाका रचनामा पर्याप्त युग चेतना देखिन्छ।

विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका कथा, कविता र लघुकथालाई सङ्कलन गरी एउटै पुस्तकमा सङ्ग्रहीत गरी भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको छ। बराल रचना पढ्न चाहने पाठकहरूका लागि प्रकाशकले एउटै पुस्तकका रूपमा उपलब्ध गराएको छ। कुल ७६ पृष्ठको यो पुस्तकको मूल्य एक सय बिस रुपैयाँ रहेको छ।

प्रकाशित: २९ चैत्र २०७८ ०५:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App