१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

एक नागरिकको बकपत्र

हजुर  

म त्यही सीमान्त नागरिक हुँ  

जो बारबार हारेर पनि  

सधैँ जितिरहन्छ

अहिले हाजिर भएको छु  

हजुरको अदालतमा  

मलाई जे भन्नुभए नि हुन्छ  

मन परे क्रान्तिकारी/राष्ट्रवादी  

मन नपरे प्रतिक्रान्तिकारी  

प्रतिगामी  

वा प्रतिक्रियावादी  

जे भन्नुभए नि हुन्छ  

अहिले हाजिर भएको छु  

हजुरको अदालतमा  

र माग्दैछु सजाय  

आफ्नै विरुद्धमा  

मलाई कैद गर्नुभए हुन्छ  

गोलघर वा नेलपासमा  

जहाँ राख्नुभए नि हुन्छ  

फाँसी त लेखिएको छैनन् भन्छन्  

तपाईंले लेख्नुभएको  

विश्वको सर्वोकृष्ट संविधानमा  

त्यसैले त्यसबाहेक जे गर्नुभए नि हुन्छ

हजुर,  

म त्यही सीमान्त नागरिक हुँ ।

जो बारबार हारेर पनि  

सधैँ जितिरहन्छ  

अहिले हाजिर भएको छु  

हजुरको अदालतमा  

मलाई जे भन्नुभए नि हुन्छ ।

प्रकाशित: २६ चैत्र २०७८ ०६:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App