१२ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

नेपाल भाषाको कविता संग्रह 'ह्युपाया नीति' बिमोचित

आरम्भ नेपालको आयोजनामा भक्तपुरमा भइरहेको तीन दिने पुस्तक प्रदर्शनीको दोस्रो दिन मंगलबार पुण्यराम कवांको नेपाल भाषाको कविता संग्रह ह्युपाया नीतिं (परिवर्तनका निम्ति) नामक पुस्तक विमोचन गरिएको छ। पुस्तक अध्ययन संस्कृतिलाई बढावा दिन भइरहेको प्रदर्शनीको दोश्रो दिनको पहिलो सेसनमा कवांद्वारा लिखित कविता संग्रहको नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले विमोचन गरे।

कार्यक्रममा ज्याख्वले सामाजिक घटनाक्रम तथा शोषितपीडित वर्गको भावनालाई मिठासपूर्ण भाषाशैलीको प्रयोग गरी जनताको चेतनास्तर बढाउने काम साहित्यकारहरुको हुनुपर्ने बताए। नेपाल भाषा साहित्य तःमुञ्ज्याका अध्यक्ष आशकुमार चिकंबञ्जारले बिमोचित कविता संग्रहमा कवि हराउन खोजेको पाएको बताए। पुस्तकका रचयिता साहित्यकार पुण्यराम कवांले कविताहरु २०५२ देखि २०५८ सम्म लेखिएका जनाए।

त्यस्तै कार्यक्रमको दोस्रो सेसनमा युवाहरू के पढ्छन्, कति पढ्छन्? भन्ने विषयमाथि वार्ता तथा अन्तर्कियासमेत भएको छ। तीन दिनसम्म चालू रहने पुस्तक प्रदर्शनीको दोस्रो दिन विभिन्न विद्यालयका ३ हजारभन्दा बढी विद्यार्थी र शिक्षक तथा पाठक एवं पुस्तक प्रेमीहरुको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ। प्रदर्शनीको अन्तिम दिन बुधबार शिल्पी थियटरको सडक नाटक मञ्चनसहित समापन हुने आयोजकले जनाएको छ।

प्रकाशित: २२ चैत्र २०७८ १४:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App