२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
कला

‘ऐतिहासिक विराटनगर’ पुस्तकको विमोचन

पुस्तक विमोचन गर्दै प्राध्यापक डा गोपाल भण्डारी, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलगायत। तस्बिर/नागरिक

विराटनगरको इतिहासलाई समेटेर ‘ऐतिहासिक विराटनगर’ पुस्तक प्रकाशन गरिएको छ। विभिन्न कालखण्डमा विराटनगरमा भएका घटनाक्रमलाई समेटेर विराटनगर महानगरपालिकाले प्रकाशन गरेको पुस्तकको सोमबार विमोचन गरिएको हो।  

साहित्यकार तथा समालोचक दधिराज सुवेदीले खोज अनुसन्धान गरी लेखेको पुस्तक प्राध्यापक डा.गोपाल भण्डारी, महानगरका प्रमुख भीम पराजुली लगायतले सामूहिकरुपमा विमोचन गरे। महानगरले ‘ऐतिहासिक विराटनगर’ नामक पुस्तक पहिलो संस्करणमा एक हजारप्रति प्रकाशन गरेको जनाएको छ। पुस्तक ४ सय ९ पेजको रहेको छ।

विराटनगर सहर स्थापना भएको १०० वर्ष पूरा भइसकेको छ। विराटनगर सहरको स्थापना, त्यसपछि विराटनगरको पहिलो राजनीतिक नेतृत्व गर्ने व्यक्तिको खोज र परिचयदेखि सामाजिक, सांस्कृतिक, राजनीतिक, धार्मिक, औद्योगिक, शैक्षिक, स्वास्थ्य, बैकिङ आदि विविध क्षेत्रको ऐतिहासिक पक्षलाई पुस्तकमा समेट्ने प्रयत्न गरिएको छ। पुस्तकले विराटनगरको ऐतिहासिक विकास क्रम र त्यसमा योगदान गर्ने व्यक्तिहरुको बारेमा पनि संक्षिप्त जानकारी दिएको छ।

यसैगरी भाषाशास्त्री स्वर्गीय प्राज्ञ बालकृष्ण पोखरेलको स्मृतिग्रन्थ पनि सोमबार नै बिमोचन गरिएको छ। विराटनगर महानगरपालिकाले नै प्रकाशित गरेको उक्त ग्रन्थमा नेपाली भाषा साहित्यको क्षेत्रमा योगदान गर्दै आएका १ सय ६९ जना साहित्य क्षेत्रका व्यक्तित्वहरुले भाषाशास्त्री पोखरेलको स्मृतिमा  लेखेका स्मरणहरू समावेश गरिएको छ।

प्रकाशित: १४ चैत्र २०७८ १३:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App