१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

फोहोर

लघुकथा

लक्ष्मी पोखरेल

बाटो फोहोर भयो वा मिचियो राधिका। छिमेकीछिमेकी बाझाबाझ भयो राधिका। कसैलाई साह्रोगाह्रो भयो राधिका। कतैबाट कुनै तालिम ल्याएर सम्पन्न गराउनुपर्‍यो, उनै अघि सर्थिइन्। सीताराम टोल संगठनकी अध्यक्ष हुन् राधिका। घरगृहस्थ भएकी महिला भएरै सामाजिक कार्यमा सदैव अग्रसर भैदिनाले कतिले उनको प्रशंसा गर्थे, कतिले कुरा काट्थे।

एकपल्ट टोलमा प्रत्येक घरले आफ्नो फोहोर व्यवस्थापन कसरी गर्नेबारे नगरपालिकाले गराएको तालिमको अन्तिम चरणमा प्रशिक्षिकाले, कसैले क्यै बुझे/नबुझे वा भन्न मन लागे भन्न भनिन्। राधिकाकै घरभन्दा दुई घर परकी सरलाले जुरुक्क उठेर भनिन्, ‘राधिका बहिनीले यस्ता कार्यक्रमहरू ल्याएर खेपैपिच्छे लाखौं भ्रष्टाचार गर्नुहुन्छ। अध्यक्ष नै अगतिलो भएपछि टोल कसरी सफा हुन्छ?’

प्रशिक्षिका मुसुक्क हाँसिन् र भनिन्, ‘यो हुँदै गरेको दुई दिने तालिमको बजेट जम्माजम्मी पन्ध्र हजार हो। यसैभित्र मेरो भत्ता पनि पर्छ। तालिमको बेलामा चियानास्ता, प्रत्येकलाई कापी कलम, यी तुल, यो साउन्ड सिस्टम, त्यति नै पैसाले पुर्‍याउने हो। काम गर्ने मान्छे जति सबै नराम्रा हुँदैनन् र कुरा काट्ने नगर्नेहरूले नै हो।’

प्रकाशित: ३ चैत्र २०७८ ०७:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App