१७ असार २०८१ सोमबार
image/svg+xml
कला

तीन जना साहित्यकार सम्मानित

कृष्णभूषण बल स्मृति प्रतिष्ठानले वरिष्ठ साहित्यकार डाक्टर विष्णुविभू घिमिरेसहित ३ जना साहित्यकारलाई पुरस्कृत गरेको छ।

विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा आयोजित कार्यक्रममा साहित्यकार घिमिरेलाई ‘कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार’ प्रदान गरिएको हो। नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपतिसमेत रहेका घिमिरेलाई दोसल्ला ओढाएर नगद २५ हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको थियो। त्यस्तै प्रतिष्ठानले १५ हजार राशिको ‘कृष्णभूषण बल स्मृति सम्मान’ अग्रज समालोचक डाक्टर गीता त्रिपाठीलाई प्रदान गरेको छ। समारोहमा ११ हजार राशिको ‘कृष्णभूषण बल स्मृति युवा सम्मान’ कवि सगुन सुसारालाई प्रदान गरिए छ।  

३ जना कविहरुलाई वरिष्ठ कवि जसराज किराँती, प्रतिष्ठानका अध्यक्ष प्रा.डा. टंक न्यौपाने, प्रमुख संरक्षक शोभा लामा बल, वरिष्ठ साहित्यकार दधिराज सुवेदी, डाक्टर गोपाल भण्डारीलगायतले दोसल्ला ओढाएर नगद राशि र सम्मानपत्र प्रदान गरे। वरिष्ठ कवि कृष्णभूषण बलको स्मृतिमा हरेक वर्ष साहित्यका विभिन्न विधामा कलम चलाउने स्रष्टाहरुलाई पुरस्कृत गर्दै आएको आयोजक संस्थाका महासचिव प्राज्ञ विवश पोखरेलले बताए।

सोही अवसरमा कवि कृष्ण बराल, मुनाराज शेर्मा, राधिका गुरागाईं, देवान किराँती, मञ्जुश्री गिरी, भरत गुरागाईंं, सविता गौतम दाहाल, मीनकुमार नवोदित, राज माङ्लाक र दीपा दाहालले कृष्णभूषण बलले लेखेका कविता वाचन गरे।

प्रकाशित: २८ फाल्गुन २०७८ १४:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App