१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

तकिया

लघुकथा

करुणा ढकाल

–आफ्नो एउटा सिन्कोसम्म उठाउने खुबी छैन। बल छउन्जेल त कुइन्टलका कुइन्टल भारी बोकेर तिमीहरूका हातमा पैसाका नोट थम्याइदिएकै थिएँ क्यार।’

–आफूलाई उठेर चर्पीसम्म जान पनि हातगोडा काँपेर पुक्लुक्कै भइन्छ कि जस्तो हुन्छ।

–घरमा यत्रा गन्नका मात्र लाठेहरू छन्, केही कामको उपति छैन्। लखरलखर कुकुरझैं अरूको घरको ढोका चाहर्दै ठिक्क छ गोबर गणेशहरूलाई। यसो बुढी भएकी आमालाई सघाए नि हुने नि। काम गरे भने सिन्को भाँचे भने त खिइन्छन् बरा बचेराहरू।

–भन्न पनि कति भन्नु हो यत्रा लाठेहरूलाई। खाने बेलामा हलीले खाँदाझैं खान्छन्,अराएको काम फेरि त भन म सुन्दै उडाउदै गर्छु जस्तो गर्छन्।

पहिलो कमाइले किनेको त्यो तकिया आमाले धुन निकालेकी, निकालेको दिनदेखि झरी परेर विरक्त लागिसक्यो। लौन बाबु हो, बार्दलीमा टाँगिदेऊ भन्दा कुनले पो सुन्ने हुन र? पलपलको झरी र असिनाले त्यो तकियामा हान्दा मलाई मेरो मुटुमा हानेझैं हुन्छ। किनकि मेरो आधा भोक त्यसमा छ, आधा जिन्दगी त्यसमा छ र मेरा सन्तानले नबुझेका मेरा कथा–व्यथा, सुख–दुख यही तकियाले बुझेको छ।

यस्तो लाग्छ, म मरेपछि मात्र मेरो तकियाले अनि मैले कसैको स्पर्श पाउँछौं । हुँदा नबुझेको महत्त्व गुमाएपछि त बुझ्लान् नि लाठेहरूले?

प्रकाशित: २८ फाल्गुन २०७८ ०३:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App