२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

म डुल्ने ती बारीतिर भँमराका ताँती देखें

गीत

छविलाल खड्का

म डुल्ने ती बारीतिर भँमराका ताँती देखें,

मभन्दा त धरोधर्म उसैसँग जाती देखें।

तिमीसँग माया लाउनु ठूलो भूल भयो मेरो,

हजारौंमा तिम्लाई रोज्नु अर्काे भूल थियो मेरो।

म डुल्ने ती बारीतिर भँमराका ताँती देखें,

हेर्दै गएँ बहाना तिम्रा अझै भाँतीभाँती देखें।

कोरोनाको कालले बरु लिए हुन्थ्यो आज मलाई,

तिमी भनी बाँचेको थें, बाँच्नु छैन अब मलाई।

म डुल्ने ती बारीतिर भँमराका ताँती देखें,

नढाँट्न प्यारी मलाई, उसकै घरमा राती देखें।

प्रकाशित: २३ फाल्गुन २०७८ ०९:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App