११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
कला

सुरभि साहित्य प्रतिष्ठानको वार्षिकोत्सवमा पुस्तक लोकार्पण तथा स्रष्टा सम्मान

सुरभि साहित्य प्रतिष्ठानले आफ्नो वार्षिक उत्सवका अवसरमा नेपाली साहित्यमा उल्लेख्य योगदान पुर्‍याउने साहित्यकारहरूलाई पुरस्कार प्रदान तथा पुस्तक सार्वजनिक गरेको छ।

त्यस अवसरमा  वरिष्ठ पत्रकार तथा कथाकार विजय चालिसेको आत्मसंस्मरण ‘जीवनको बक्ररेखा’  र साहित्यकार बाजुराम पौडेललेको उपन्यास ‘अर्को संसार’ को विमोचन गर्दै कार्यक्रमका प्रमुख अतिथि, वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले सिर्जनात्मक  योगदानले मात्रै स्रष्टा बाँच्ने चर्चा गरे।

त्यस क्रममा वरिष्ठ कथाकार नारायण ढकाल, साहित्यकार मधुवन पौडेल, दिव्यदेव गिरी, रुकु कार्की र ध्रुव मधिकर्मी पुरस्कृत भए। पुस्तकमाथि साहित्यकार ठाकुर शर्मा, गोपी मैनाली र युवराज मैनाली, पुरस्कृत स्रष्टा नारायण ढकाल, रुकु कार्की र ध्रुव मधिकर्मी, कृतिकार विजय चालिसे र बाजुराम पौडेल, प्राज्ञ दिनेशराज पन्त र वेदमणि घिमिरेले मन्तव्य राखेका थिए। साहित्यकार अच्युत घिमिरेको उद्घोषण, साहित्यकार रामकुमार पण्डितको स्वागत मन्तव्य रहेको सो कार्यक्रमको अध्यक्षता समाजसेवी प्रल्हाद चालिसेले गरेका थिए।

प्रकाशित: २३ फाल्गुन २०७८ ०८:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App