५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
कला

आफ्नु सन्तान

लघुकथा

पर्शुराम घिमिरे

‘छोरालाई महँगो शुल्क तिरेर ठूलो स्कुल पढाइयो। वर्षैभरि ट्युसन राखियो। धेरै रुपियाँ खर्चेर डाक्टर बनाइयो। अहिले उसको आफ्नै निजी अस्पताल छ। के पिर मान्छेस् बुढी! हाम्रो सपना यही थिएन र?’ सोध्यो बुढाले।

‘छोरो जोगाएर डाक्टर बनाउनुपर्ने! छोरो मासेर डाक्टर बनाइएछ! खोई हाम्रो सन्तान?’ सोधी बुढीले वृद्धाश्रमको झ्यालबाट बाहिर हेरेर।

प्रकाशित: २१ फाल्गुन २०७८ ०६:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App