‘कबड्डीमा प्रेमको सीमा नाघिएको थियो। यसपालि प्रेममा राजनीति घुसेको छ। कबड्डी कबड्डी प्रेम र राजनीतिको भीडन्त हो,' गुरुङले भने।
अघिल्लो भाग खिचिएको ठाउँ र परिवेशमै दोस्रो भाग बन्नेछ। अघिल्लो भागका अभिनेता दयाहाङले पहिलो भागझैं दोस्रो भाग पनि हास्यप्रधान रहने जानकारी गराए।
‘कबड्डी जस्तै कबड्डी कबड्डी पनि हास्य प्रधान फिल्म हुनेछ। आफ्नो प्रेम र उद्देश्य प्राप्तिका लागि लडिरहने पात्रहरु तथा तिनीहरुबाट सिर्जित परिस्थितिजन्य घटनाक्रमहरुले फिल्मलाई हा“सोमय बनाउने आशा गरेका छौं,' दयाहाङ राईले भने।
फिल्मलाई रामबाबु गुरुङले लेखेका हुन्। उनलाई लेखनमा कवि उपेन्द्र सुब्बाले सघाएका छन्। अघिल्लो भागमा महत्वपूर्ण भूमिकामा देखिएका राजन खतिवडा र निश्चल बश्नेत भने नयाँ शृंखलामा अटाएका छैनन्।
सौगातसँगै माओत्से गुरुङ सिक्वेलमा थपिएका अनुहार हुन्। अघिल्लो भागमा रहेका रिश्मा गुरुङ, विजय बराल, बुद्धि तामाङ, अरुणा कार्की, पुष्कर गुरुङ, जुनु विष्ट, उपेन्द्र सुब्बाले निरन्तरता पाएका छन्।
मुस्ताङमा ९५ प्रतिशत छायांकन हुने फिल्म यही फागुन २५ बाट सुरु हुनेछ। शैलेन्द्र डि कार्कीको छायांकन रहने फिल्मलाई निश्चल बस्नेतसँगै सुनिलचन्द्र रौनियार, रौनकविक्रम कँडेल, ओमचन्द्र रौनियार र अर्जुन कार्की मिलेर निर्माण गर्नेछन्। फिल्ममा निमेष श्रेष्ठको सम्पादन, कुमार महर्जनको द्वन्द्व र रोहित शाक्यको पार्श्व संगीत रहनेछ।
प्रकाशित: ९ फाल्गुन २०७१ २१:४९ शनिबार





