२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

धनाढ्य, गरीब वृद्ध र जाडो

लघुकथा

त्रिविक्रम पाण्डे

यो पुसको एउटा चिसो रातमा एक धनाढ्यले बाहिर सडकमा एउटा गरीब वृद्ध मान्छेलाई भेट्यो। उसले त्यो वृद्धसँग सोध्यो, ‘के तिमीलाई जाडो लागिरहेको छैन? तिमीले किन कुनै पनि न्यानो लुगा  लगाइरहेका छैनौं?’

वृद्धले जवाफ दिए, ‘मसँग कुनै ज्याकेट, कोट अनि सुइटर छैन।  यसैले मलाई जाडो सहने बानी परिसकेको छ।’

धनाढ्यले भन्यो, ‘मलाई कुर। म अहिल्यै घर जान्छु अनि तिम्रो लागि एउटा कोट लिएर आउनेछु।’

विचरा वृद्ध धेरै खुशी भए र भने, ‘म तपाईको प्रतीक्षा गर्नेछु।

धनाढ्य आफ्नो घरमा पस्यो अनि त्यहाँ व्यस्त हुँदै त्यो गरीब वृद्धलाई भुल्यो।

बिहान सबेरै धनाढ्यलाई त्यो गरीब वृद्धको याद आयो र ऊ त्यो वृद्धलाई खोज्न निक्ल्यो। तर, सिरेटो अनि असह्य जाडोका कारण उसले वृद्धलाई मृत पायो।

ती वृद्धले एउटा चिठी लेखेर छाडेका थिए। त्यसमा लेखिएको थियो, ‘जब मसँग कुनै न्याना लुगाहरू थिएनन् तब मसँग जाडोसँग लड्ने मानसिक बल, तागत अनि शक्ति थियो। तर जब तपाईले मलाई सहयोग गर्ने वचन दिनुभयो तब म तपाईको भर–विश्वाससँग जोडिएँ अनि त्यसले मेरो मानसिक शक्तिलाई क्षीण तुल्याउँदै समाप्त गरिदियो।’

यदि तपाई आफ्नो वाचा–कसम पूरा गर्न सक्नुहुन्न भने कसैसँग कुनै पनि वाचा नगर्ने गर्नुस् जो तपाईका लागि सामान्य हुन सक्छ तर त्यही कसैका लागि सबैथोक हुनसक्छ।                                                     

प्रकाशित: १२ पुस २०७८ ०८:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App