coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

प्रसिद्ध उपन्यास ‘एक चिहान’ को मञ्चन

कक्षा १२ को पाठ्यक्रममा समावेश गरिएको प्रसिद्ध उपन्यास ‘एक चिहान’ देखाउन थालिएको छ।

सांस्कृतिक संस्थानले विभिन्न तहका पाठ्यक्रममा समावेश भएको कृतिहरुलाई नाटक मञ्चन गरेर विद्यालय शिक्षालाई फरक ढंगले सहयोग गर्न सो उपन्यासलाई नाट्यमा रुपान्तरण गरी मञ्चन गरिएको हो।

काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा शनिबारबाट सो नाटकको मञ्चन सुरु गरिएको छ। वरिष्ठ साहित्यकार हृदयचन्द्र सिंह प्रधानद्वारा लिखित उपन्यास तत्कालीन समयमा नेपाल खाल्डो अर्थात् काठमाडौं उपत्यकाको नेवारी किसानको जीवन परिवेशमा आधारित छ।

सामाजिक जागरण र प्रगतिशील विचारहरु यस उपन्यासमा रहेका छन्। साँस्कृतिक संस्थानका वरिष्ठ कलाकारहरुको अभिनय रहेको नाटकलाई कलाकार विरेन्द्र हमालले निर्देशन गरेका छन्।

२०१०÷११ सालको काठमाडौं उपत्यका भित्रका नेवार किसान परिवारमा केन्द्रित रहेको सो नाटकमा जातीय विभेद, वर्गीय विभेद, अन्धविश्वासबारे देखाइएको छ। नाटकको अन्त्यमा त्यही समाज आर्दश उन्मुख रहेको देखाइएको छ। अन्त्य दुःखान्त भएपनि विचारले समाज सुधार र रुपान्तरणमा भूमिका खेल्न सक्छ भन्ने सन्देश यस नाटकमा देखाउन खोजिएको छ।

प्रकाशित: ३ पुस २०७८ ०८:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App