२१ असार २०८१ शुक्रबार
image/svg+xml
कला

निफमा चेपुवामा नेपाली चलचित्र विषयक अन्तर्क्रिया

नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले नेपाली चलचित्रलाई प्राथमिकतामा राख्न योजना बनाउनुपर्ने बताएका छन्। नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को अवसरमा विदेशी चलचित्रको चेपुवामा नेपाली चलचित्र विषयक अन्तर्क्रियामा अध्यक्ष प्रधानले सो बताएका हुन्।

जुममार्फत् सम्पन्न सो अन्तरक्रियामा उनले पछिल्लो समय नेपालमा विदेशी चलचित्रको प्रदर्शन कम भएको जनाउँदै नेपाली चलचित्रहरु पनि अन्तर्राष्टिय स्तरमा प्रतिस्पर्धा गर्ने स्तरका बनिरहेकाले बिदेशी चलचित्रले नेपालमा खासै प्रभाव नराखेको उनको भनाइ छ।

अन्तरक्रियामा नेपाली चलचित्रका हस्तीहरु अर्जुन कुमार, मधुसुदन प्रधान, माधव वाग्लेसँग गहन छलफल एवं बहस गरिएको नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठान एवं निफका अध्यक्ष केपी पाठकले बताए।

प्रकाशित: २५ मंसिर २०७८ १३:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App