१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

चट्याङ मास्टर सम्मानित

सिस्नुपानी नेपालका संस्थापक कृष्णमुरारी गौतम (चट्याङ मास्टर) सम्मानित भएका छन्। चाँगुनारायण साहित्य समाज झौखेल भक्तपुरको चौथो साधारणसभाका अवसरमा उनलाई दोसल्ला ओढाएरसम्मान गरिएको हो।

साधारणसभाबाट साहित्यकारहरू रामशरण न्यौपाने, डिल्लीप्रसाद न्यौपाने र शकुन्तला महर्जनको तीन सदस्यीय निर्वाचन समितिको सक्रियतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।

कार्यसमिति अध्यक्षमा लालबहादुर भुजेल, उपाध्यक्षमा रामेश्वर थापा, सचिवमा बाबुकाजी सुवाल, कोषाध्यक्षमा लक्ष्मी थापा र सदस्यहरूमा वसन्त नकर्मी, राममणि ढुंगेल, तेजकृष्ण श्रेष्ठ, सुरेन्द्र साखकर्मी र तारा गाउँले सर्वसम्मत रूपमा चयन भएका छन्।

कार्यक्रममा प्रमुख अतिथि चट्याङ मास्टरले सबैले वृद्ध जीवन बिताउनुपर्ने भएकाले बुढ्यौली साहित्य रचनातिर पनि ध्यान दिनुपर्ने बताए।

 उपाध्यक्ष रामेश्वर थापाले स्वागत गरेको कार्यक्रममा सुसेली मञ्चका अध्यक्ष दुर्गा अधिकारी भवरकोटेले शुभकामना मन्तव्य दिएका थिए। समाजका सचिव बाबुकाजी सुवालले कार्यक्रम सञ्चालन गरेका थिए।

प्रकाशित: २० मंसिर २०७८ ०६:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App