१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

खेल

लघुकथा

वसन्त अनुभव

साँझको समय थियो। ऊ जुवाको खालबाट रंगे हात पक्राउ पर्‍यो। ऊसँगै उसका दुई जना साथी पनि पक्राउ परे।

‘खाली साथीभाइ बसेर रमाइलो मात्र गरेको हो सर। म पेशेवर जुवाडे होइन।’ उसले भन्यो।‘म त खाली हेरेर रमाइलो गर्न मात्र गएको थिएँ।’ दोस्रो साथीले भन्यो।

‘मलाई त यसले जबर्जस्ती लगेको हो सर। मलाई खेल्नै आउँदैन।’ तेस्रो साथीले आरोप थोपर्‍यो।

‘चुप लाग पाजीहरू हो। हाम्रो लागि यो कुनै नौलो कुरा होइन। पक्राउ परेपछि हरेक जुवाडेले बोल्ने घिसिपिटी डायलग नै यहीँ हो।’ सिनियर प्रहरीले हपार्‍यो।

प्रहरीले सिधै लगेर चौकीको खोरमा हाल्यो। रातको समय जाडो निकै थियो। प्रहरीले खोरको ढोका खोलेर भित्र छिर्‍यो। उसको हातमा डन्डा थियो। त्यो देखेर ऊ लगायत सम्पूर्ण थुनुवा डरले थुरथुर काँपे।

‘माफ गर्नोस् सर। गल्ती भयो। आइन्दा कहिले तास छुने पनि छैनौं।’ सबैले हात जोर्दै भने।

‘हत्तेरी नडराओ न केटा हा। साह्रै निद्रा लागेर ड्यूटी गर्नै गाह्रो भयो। त्यसैले एक–दुई हाता म्यारिज खेल खेलौं हुन्न।’ डन्डा भुइँमा राखेर पकेटबाट तास निकाल्दै प्रहरीले भन्यो।

प्रकाशित: १७ मंसिर २०७८ ०५:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App