८ वैशाख २०८१ शनिबार
कला

ए साइँली लाग्यो बाडुली

गीत

सिरेन बान्तावा

ए साइँली लाग्यो बाडुली

सम्झ्यौ कि क्या हो तिमीले।

झर्‍यौ कि हाटबजार पर्‍यौ अभर

साइँली कि भुल्यौ मलाई  तिमीले।

हिउँपहिरोमा पर्‍यौ कि त

भुइँ कुहिरोले बाटो छेक्यो।

डालीभरि फूल फुल्दा,

मनले तिम्रै रूप देख्यो।

ए साइँली लाग्यो खुलदुली!

सम्झ्यौ कि क्या हो तिमीले।

पुग्यौ कि देउरालीमा भेटी चढाउन

साइँली कि भुल्यौ मलाई तिमीले।

सैलुङखर्क चढ्दै छौ कि

रमाउँदै छौ चौंरी गोठमा।

लालीगुराँस फुलाएर

सिरुपाते तिम्रो ओठमा।

ए साइँली लाग्यो बिरानी

सम्झ्यौ कि क्या हो तिमीले

झुल्क्यौ कि जून बनी पारि क्षितिजमा

साइँली कि भुल्यौ मलाई तिमीले।

ए साइँली लाग्यो बाडुली

सम्झ्यौ  कि क्या हो तिमीले।

प्रकाशित: १० मंसिर २०७८ ०६:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App