२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

‘भूगोल’ को साधारणसभा सम्पन्न

भूगोल साहित्य समाज’ले  दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ। समाजले आर्थिक तथा सांगठनिक प्रतिवेदन एवं चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गर्दै साधारणसभा सम्पन्न गरेको हो।

सुशील श्रेष्ठ प्रमुख अतिथि, उद्धव खनाल विशिष्ट अतिथि तथा दिनेश न्यौपाने अतिथि रहेका कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष विनोद नेपालले गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले समाजका गतिविधिको प्रशंसा गर्दै आर्थिक रूपले सबल संस्था मात्र दीर्घायु हुने भन्दै सदस्य संख्या बढाउन र सोका लागि यतिबेला भेटघाट गर्न कठिन भए पनि प्रविधिको माध्यमबाट सदस्यता प्रदान गर्नु उचित हुने सुझाव दिए। समारोहमा बोल्दै समाजका अध्यक्ष नेपालले समाजलाई साहित्यिक तथा बौद्धिक मञ्चको रूपमा स्थापित गरिने बताए।

कार्यक्रममा बुद्धिराज पाण्डे, ओम  आचार्य, जनार्दन पौडेल, हरिश्चन्द्र गौतम, एलपी पराजुली, महेश रिजाल र शैलेन्द्र कुमार शाह लगायतले कविता, गजल, छेस्का, मुक्तक लगायत रचना वाचन गरेका थिए। सोही कार्यक्रममा समाजले प्रमुख अतिथि श्रेष्ठ तथा विशिष्ट अतिथि खनाललाई समाजको मानार्थ सदस्यता प्रदान गरेको थियो।

भूगोल साहित्य संमाजको गठन राष्ट्रिय वाणिज्य वैंकबाट निवृत्त साहित्यमा क्रियाशील व्यक्तित्वद्वारा साहित्यिक अभियानलाई निरन्तरता दिँदै भाषा र साहित्यको उन्नयनमा अघि बढ्ने र निवृत्त जीवनलाई सक्रिय राख्ने उद्देश्यले गरिएको हो।

२०७६ असोज ६ गते जिल्ला प्रशासन कार्यालय काठमाडौमा दर्ता भएको समाजले हालसम्म १३ वटा साहित्यिक कार्यक्रमको आयोजना गरेको छ भने २ पुस्तक प्रकाशित गरेको छ। समाजको दरबारमार्ग, काठमाडौस्थित कार्यालयको सभाहलमा आयोजना गरिएको कार्यक्रमका सहभागीहरूलाई  उपाध्यक्ष दिनेशविक्रम थापाले स्वागत गरेका थिए। कार्यक्रमको सञ्चालन सचिव शैलेन्द्रकुमार शाहले गरेका थिए।

प्रकाशित: ४ मंसिर २०७८ ०६:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App