२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

चिकित्सक कैलाशप्रसाद साहको टफ मेडिसिन सार्वजनिक

बालबालिकाको क्यान्सर रोग विशेषज्ञ डा. कैलाशप्रसाद साहको जीवनी ‘टफ मेडिसिन’ सार्वजनिक भएको छ। अंग्रेजी भाषामा लेखिएको पुस्तक बिहीबार काठमाडौंमा प्रकाशक बुक्स हिमालयले आयोजना गरेको कार्यक्रममा वरिष्ठ चिकित्सक बद्रिराज पाण्डेले सार्वजनिक गरेका हुन्।

सिरहा जिल्ला, कल्याणपुर गाउँको किसान परिवारबाट उठेर चिकित्सक बनेका डा.साहको जीवन प्रेरणादायी छ।‘डा. साहको पुस्तक प्रेरणादायी छ’, विमोचनपछि पाण्डेले भने, ‘उहाँको जीवन संघर्षको कथाका साथै सेवाभावले पनि हामी सबैलाई प्रेरित गर्छ।’

कार्यक्रममा डा. रामेश्वरमान श्रेष्ठ, डा. कुलेशबहादुर थापा, व्यारी एवं जेनी पाइजर र सियान रिचाड लगायतले विमोचित पुस्तकका विषयमा चर्चा गरेका थिए।

काठमाडौंको कान्ति बाल अस्पतालमा दुई दशकभन्दा बढी सेवा गरेका डा. साह हाल इशान अस्पताल, चक्रपथमा कार्यरत छन्। उनको पुस्तकमा बाल्यकाल, चिकित्सक बन्न गरेको संघर्ष र चिकित्सक बनेपछि गरेका सेवाको वर्णन छ।

सरल जीवन उच्च विचारका अनुयायी डा. साहको पुस्तक हरेक विद्यालयका पुस्तकालयमा पु¥याउन सके राम्रो हुने देखिन्छ।

प्रकाशक संस्थाका प्रबन्ध निर्देशक पवन शाक्यका अनुसार बुक्स हिमालय डटकम मार्फत अनलाइनमा पुस्तक खरिद गर्न पनि सकिनेछ। यसको मूल्य २७५ रुपैयाँ राखिएको छ।

प्रकाशित: ४ मंसिर २०७८ ०५:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App