२२ असार २०८१ शनिबार
image/svg+xml
कला

डोको प्रेमी बा

कविता

रत्नप्रसाद अनामनि श्रेष्ठ

बालाई असाध्य डोको मनपर्छ

दिनको शुरूवात नै डोकोको सुम्सुम्याइबाट शुरू हुन्छ

उस्तै हो डोकोको र हाम्रो जीवन भन्नुहुन्थ्यो

डोकोमा अन्नहरू अधिदैन

स्याउला, पतकर र घाँस मात्र राख्न सकिन्छ

अन्न त साहुहरूका भकारी हुन्छ भन्नुहुन्थ्यो

आज त्यही डोकामा

जति मेहनत गरे पनि भाग्यहरू

चुहिरहेको देख्छु

थुप्रै अवसर बगिरहेको देख्छु

अनि बालाई सोध्न मन लाग्छ

बा!

तपाई किन डालो

मनपराउनु हुन्न?

प्रकाशित: २७ कार्तिक २०७८ ०३:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App