२४ वैशाख २०८१ सोमबार
image/svg+xml
कला

काजीको घोडा

गीत

भुवन शिवाकोटी चौघरे

बतासै चल्यो पसीना सुक्यो जाऊँ भयो अबेला,

काजीको घोडा दौडेर गयो रित्तो छ तबेला।

काखमा राखी बजाउला मादल तिमी गीत सुनाउनु,

आजको साँझ नाच्दै र गाउँदै एकैसाथ रमाउला।

बतासै चल्यो पसिना सुक्यो जाऊँ भयो अबेला।

हेर त पारि हिमालमाथि घाम पनि निदायो,

नौ लाख तारा आकाशभरि जूनसंगै उदायो।

धर्तीको काखमा जुनेली मुहार छातीमा टाँसौला,

घर पुग्न अझै लामो छ बाटो यतै बास बसौला।

बतासै चल्यो पसिना सुक्यो जाऊँ भयो अबेला,

काजीको घोडा दौडेर गयो रित्तो छ तबेला।

नआओस् भेल बगाई लाने हाम्रो यो संसार,

किनारमा छोडी चुँडेर हात, नतरे जँघार।

फूलको बारी त्यो सागर पारि सुखलाई ल्याउला हो,

उज्यालो दीपझै अनुहार तिम्रो हँसाई राखौला हो।

बतासै चल्यो पसिना सुक्यो जाऊँ भयो अबेला,

काजीको घोडा दौडेर गयो रित्तो छ तबेला।

प्रकाशित: २७ कार्तिक २०७८ ०३:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App