१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

असत

लघुकथा

तुलसी पण्डित

मचानेले हेर्दाहेर्दै महल ठडायो। कार किन्यो। सारा सुविधाले सम्पन्न भयो। देख्नेहरू जिल्ल परे, ‘हैन, यसले कसरी सम्पत्ति जोडेको छ? हिजोसम्म अर्काको घरमा एउटा कोठा लिएर परिवार राखेको थियो। श्रीमती सधैं अर्काको भाडा माझ्न जान्थिन्।’

मचानेका गाउँका मान्छेहरू उसलाई भन्ने गर्थै, ‘कसरी यो वैभव जोड्न सम्भव भयो?’

‘मचाने भन्ने गथ्र्यो, ‘यो शहरमा पैसा कमाउन केही गाह्रो रहेनछ। मात्र चाहिने रहेछ आँट।’

हो, उसले त्यस्तै हुल्याहा केटाहरू जम्मा गरेर एक डफ्फा बनाएको थियो। ऊ आफू योजनाकार थियो। आदेशको भरमा दोकान, बैंक र धनाढ्यहरूको घरमा चोरी हुन्थ्यो। केटाहरूले पैसा लुट्थे।

कुनै विध्नबाधा आए हाकिम साहेवहरूलाई पैसाले पुरी दिन्थ्यो। त्यसपछि बोल्ने को? यसरी लुटेको पैसा थोरै मात्र केटालाई दिन्थ्यो। असत गरेर ल्याएको अरू सबै पैसा आफै राख्थ्यो। दिनको लाख रुपैयाँ नपरे ऊ त्यो दिन व्यर्थ ठान्थ्यो। त्यसैले ऊ नयाँनयाँ ठाउँ पहिचान गर्दै योजनाहरू बनाउन व्यस्त थियो।

एकदिन ऊ नयाँ ठाउँको खोजीमा घरबाट बाहिर गयो। ठूलो आँधीबेहरी आयो। ऊ आत्तिदै घर पुग्यो। घरमा नजर लगायो। घर ध्वस्त भएछ। परिवार खोज्यो। अत्तोपत्तो छैन। यो देखेर ऊ घरछेउमा बसेर धर्धरी रुँदै भन्दै थियो, ‘भगवान्, तिमीले यो गयौ।’

प्रकाशित: २२ कार्तिक २०७८ ०५:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App