२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

माइत

लघुकथा

खगेन्द्र बस्याल

बिहे भएपछि उनी कहिल्यै माइत गइनन्। माइतीबाट पनि कोही आएको देखिएन। गाउँमा कुरा चल्यो, यिनको माइतीमा कोही पनि रहेनछ। बिचरी, कोही माइत गएको देख्दा यिनको मन कति कटक्क खाएको होला?

एकदिन एकजना छिमेकीले समूहमै सोधिन्, ‘तपाईंको माइती कोही छैनन् र?’

‘उनले भनिन्, ‘सबै छन्।’

फेरि जिस्क्याएर सोधिन्,‘कहिल्यै तपाईं माइतीघर गएको देखिए।’

उनले हाँस्दै भनिन्, ‘तपाईं त निकै सोझी हुनुहुँदो रहेछ। मैले घरमै ससुरालाई बा, सासूलाई आमा, जेठाजुलाई दाइ, देवरलाई भाइ र नन्दआमाजुलाई दिदीबहिनी भन्ने बानी परेपछि यही भएन त माइत!’

प्रकाशित: १३ कार्तिक २०७८ ०७:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App