१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
कला

साउथ सुपरस्टार पुनीत राजकुमारको निधन

साउथ सुपरस्टार पुनीत राजकुमारको ४९ वर्षको उमेरमा निधन भएको छ। उनलाई हृदयघात भएपछि शुक्रबार बेंगलुरुको विक्रम अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा भर्ना भएका पुनीतको निधन भएको भारतीय मिडियाले पुष्टी गरेका छन्।

उनी दक्षिण भारतका सुपरस्टारका रुपमा चिनिन्छन्। पुनीत स्वर्गीय अभिनेता राजकुमारका छोरा हुन्। उनका प्रशंसकहरुबीच उनी ‘अप्पू’ नामबाट चर्चित छन्।

चर्चित टिभी प्रस्तोता पुनीतले बाल कलाकारको भूमिकाबाट आफ्नो करिअरको सुरुआत गरेका थिए। उनको नाम कन्नड फिल्म जगतमा सबैभन्न्दा धेरै कमाइ गर्ने अभिनेताको सूचीमा आउने गर्छ।

प्रकाशित: १२ कार्तिक २०७८ १०:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App