१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

देवी

लघुकथा

नारायण कोइराला

मन्दिरबाट फर्किसकेको थिए। खोज्न गएको कुरा नभेटिएको महसुस भएको थियो। एकछिन कौसीमा टोलाए।

– मनमा अशान्ति हुँदा धेरै बेर घरमा बस्न सकिन।

– यसपालि मठ–मन्दिरले सजिएको ठाउँतिर जाने मन भएन।

–म गल्छीबाट भित्र पस्दै थिएँ।

– मानिसहरू सत्यता ओकल्दै थिए। मन्दिरमा भन्दा बढी भीड थियो।

–सहभागी हुनै लागेको थिए। बोतल बोले जस्तो महसुस भयो, पहिलाको दिन बिरर्सिएकै हो?

 म झल्याँस्स भएँ। कसरी बिर्सने? म जुरुक्क उठे! कहाँ जाऊँ,के गरूँ? अन्तत घर फर्किदै थिएँ।

बाटोमा देवीलाई देखें। रिस र आवेग पनि थियो।

मेरो मुखको नजिकै आफ्नो मुख ल्याइन्। म पर सरें। दिउँसै के गरेको भन्न लागेको थिए।

देवीबाट तुरुन्त उत्तर आयो, ‘बुढो बधाई ! यसपालि हजुरको मुखबाट रक्सीको गन्ध होइन। मायाको बास्ना आएको छ।

प्रकाशित: ३ कार्तिक २०७८ ०६:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App