१६ चैत्र २०८० शुक्रबार
कला

साहित्य मञ्चद्वारा दुई जना पुरस्कृत

विराट आदर्श साहित्य मञ्च विराटनगरले साहित्य र पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउने दुई जना व्यक्तिलाई पुरस्कृत गरेको छ।

विराटनगरस्थित आरोहण गुरुकुलमा शनिबार आयोजित कार्यक्रममा मञ्चले साहित्यकार एवं शिक्षासेवी भेषराज पोखरेल र पत्रकार सोनुकुमार दासलाई पुरस्कृत गरेको हो। कार्यक्रममा प्रदेश–१ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, प्राज्ञ खेम नेपाली, आयोजक संस्थाका संरक्षक मीनकुमार नवोदित, धरानका वडाध्यक्ष नेत्र काफ्लेलगायतले उनीहरूलाई सम्मानपत्र र नगद समर्पण गरेका थिए।  

पोखरेललाई युवा सञ्चारकर्मी चन्द्रमोहन विश्वासले आफ्नी पत्नीको स्मृतिमा स्थापित ‘मनिता विश्वास साहित्य पुरस्कार’ र दासलाई ‘मनिता विश्वास पत्रकारिता पुरस्कार’ समर्पण गरिएको हो। मञ्चले त्रैमासिक रुपमा आयोजना गर्ने स्रष्टा सिर्जनाअन्तर्गत पाँचौं शृंखलामा चर्चित गायक श्रीकृष्ण लुइँटेल (बोकेदारी), गजलकार भेषराज पोखरेल, सोमु अधिकारी र एकराज थापाले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए।  

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश प्रमुख अधिकारीले भाषा साहित्यले समाजलाई जोड्ने बताए। उनले समाज रुपान्तरणका लागि कला र साहित्यको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे। त्यसैगरी साहित्यकार सुवेदीले विराट आदर्श साहित्य मञ्चले कला, साहित्यप्रति रुची भएका युवालाई समेट्ने काम गरेकोमा प्रशंसा गरे।  

कार्यक्रममा स्रष्टा र सिर्जनाको छैटौं शृंखला पोखरामा गर्ने तयारी भएको मञ्चका अध्यक्ष कटवाल दीपकले जानकारी दिए। मञ्चले यसअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित खण्डकाव्य मुनामदनमा आधारित नाटक र वरिष्ठ आख्यानकार परशु प्रधानको छिडीभरिको आकाश कथामा आधारित नाटक विराटनगरसहित काठमाडौं र पोखरामा मञ्चन गरिसकेको छ।

प्रकाशित: २३ आश्विन २०७८ १२:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App