१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

सिर्जुलाई भर्सटाइल फिमेल सिंगर अवार्ड

गायिका सिर्जु अधिकारीलाई भर्सटाइल फिमेल सिंगर अवार्ड प्रदान गरिएको छ। सिजन मिडियाद्वारा प्रदान गरिएको प्रोफेशनल अचिभमेन्ट अवार्ड अन्तर्गत सिर्जुले भर्सटाइल फिमेल सिंगर अवार्ड प्राप्त गरेकी हुन्। करिब १० वर्षदेखि सांगीतिक क्षेत्रसँग सक्रिय सिर्जु पछिल्लो समय लोक, आधुनिक तथा पप गीतमा उत्तिकै दखल छिन्।

सांगीतिक क्षेत्रमा उनको फरक शैली र प्रस्तुती देख्न सकिन्छ। पछिल्लो समय उनकै शब्द, गायन तथा संगितमा एक दर्जन बढी गीतहरू बजारमा आएका छन्। २०६५ सालमा ए बुढा, ए बुढी... नामक तीज गीत माफर्त यस क्षेत्रमा प्रवेश गरेकी सिर्जुले हालसम्म दुई सय बढी गीतहरू गाइसकेकी छन्।  

सिजन मिडियाले आफ्नो १३औं स्थापना र संविधान दिवसको अवसरमा अवार्ड तथा सम्मान प्रदान गरेको हो। लाजिम्पाटस्थित होटल ¥याडिसनमा भएको कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सिर्जुसहित विभिन्न क्षेत्रका ३१ जनालाई अवार्ड तथा सम्मान वितरण गरेका थिए।

प्रकाशित: ५ आश्विन २०७८ ०१:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App