१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

निबन्ध लेखनमा संकल्प पहिलो

काठमाडौं नयाँ बानेश्वरका संकल्प कोइराला अन्तर्राष्ट्रिय निबन्ध लेखन प्रतियोगतामा प्रथम भएका छन्। ‘वैदेशिक शिक्षामा नेपाली युवाको पलायन – समस्या र समाधान’ विषयक निबन्ध प्रतियोगितामा कोइराला देश/विदेशका ४९ प्रतियोगीलाई उछिनेर पहिलो भएका हुन्। 

अनेरास्ववियु इलाम जिल्ला कमिटीले आइतबार सदरमुकाममा पत्रकार सम्मेलन गरी विजेताको नाम घोषणा गरेको हो। प्रतियोगितामा नेपाल र भारतका ४६ प्रतियोगीले इमेलमार्फत र तीनजनाले कागजमै लेखेर निबन्ध पठाएका थिए। १ हजार ५ सय देखि २ हजार ५ सय शब्दसम्मको निबन्ध लेखनमा ३ सय पूर्णाङ्क राखिएको थियो।

विजेता कोइरालाले ७९.३३ प्रतिशत अंक ल्याएको अनेरास्ववियु इलामका संयोजक मिलन खत्रीले जनाए। प्रतियोगितामा खोटाङ राजपानीका केशव भण्डारी ७९ प्रतिशत अंक ल्याई दोस्रो भए भने इलाम साङरुम्बाकी मनीषा अधिकारी ७८.६६ प्रतिशत अंकका साथ तेस्रो भइन्। 

पहिलो पुरस्कारको राशि ३५ हजार ८ सय, दोस्रोको २२ हजार ८ सय र तेस्रोको ११ हजार ९ सय रूपैयाँ रहेको छ। विजेतालाई बैंकमार्फत पुरस्कार प्रदान गरिने र विजेतासहित सबै सहभागीलाई प्रमाणपत्र दिइने संयोजक खत्रीले बताए। पुरस्कारका लागि इलामस्थित प्रज्ञा सदन स्कुल र काठमाडौंको एम्बिसन कलेजले सहयोग गरेका छन्।

सहिद रत्नकुमार बान्तवाको ७०औं जन्मजयन्ती तथा ४३औं स्मृति दिवस पारेर गत चैत २७ मा प्रतियोगिताका लागि सूचना आह्वान गरिएको थियो ।  

प्रकाशित: ४ आश्विन २०७८ ०३:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App