२४ जेष्ठ २०८० बुधबार
कला

खाने तरिका

बालकविता

विश्व विनोद

कमिलाले खाना खान्छ, सानोसानो मुखले,

लामखुट्टे रगत चुस्छ, तन्काएर सुँडले।

सानी नानी भात खान्छिन्, दूधभात मुछी,

तिखो चुच्चो निकालेर, चिलले खान्छ लुछी।

सर्प आई खाना मुखमा, सिधै राखी निल्छ,

खाने ढंग गोही सर्प, अजिंगरको  मिल्छ।

माहुरीले फूलबारीमा, फूलै फुल चुस्छ,

कुखुराको मासु च्यात्न, स्याल खोरमा घुस्छ।

बाघ अनि बिरालोले, लुछीलुछी खान्छन्,

पुतलीले फूलको रस, चुसीचुसी खान्छन्।

छन् यहाँ जनावर अनेक थरिका,

खाना खाने यिनीहरूको, अनेक तरिका।

प्रकाशित: १ आश्विन २०७८ ०९:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App