३० वैशाख २०८१ आइतबार
image/svg+xml
कला

म छोरालाई बुद्ध बनाउन खोज्छु

गजल

जति सजिलो छ रहर बनाउन,

त्यति सजिलो छैन घर बनाउन।

म छोरालाई बुद्ध बनाउन खोज्छु

छिमेकी खोजिरहेछ हिटलर बनाउन।

पत्थरलाई मान्छे बनाउन सकिदैन,

सकिन्छ मान्छेलाई पत्थर बनाउन।

बिग्रिएपछिको सम्बन्ध मजबुत हुँदैन,

नपरोस विग्रिएपछि सकभर बनाउन ।

प्रकाशित: २३ भाद्र २०७८ ०५:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App