२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

कतै संविधान जल्दैछ

कविता

 कृष्णबहादुर बुढाथोकी

 

कतै संविधान जल्दैछ भन्छन्  

कतै उत्सव चल्दैछ भन्छन्  

अस्तव्यस्त समाजमा आस्थाहरू रोगाए रे

यसैले त भित्रभित्रै असन्तोषको राँको बल्दैछ भन्छन्।

 

भन्नेहरू भनिरहून् सुन्नेले सुन्न परेको छैन

कुपोषण मात्र भएको हो संविधान मरेको छैन

उत्सव गरी पूजा गर्ने खालि कोठे गीता भयो

नजरबन्द मात्र भयो, आत्मसमर्पण गरेको छैन।

 

कसैका लागि पेवा भयो संविधान

कसैका लागि आस्था अड्याउने टेवा भयो संविधान

बालहठले टुक्रिएको खेलौना भयो संविधान

आफन्तको अवसानमा गरिने बिलौना भयो संविधान

 

मान्दा पनि हुने, नमाने पनि हुने

खालि कागजको खोस्टोसरि भयो संविधान

धाराहरू सुके उपधारा बिलाए

हेर्दाहेर्दै लोकतान्त्रिक संविधान,

मिचाहाहरूले माटामा मिलाए।

                        – खोटाङ।

प्रकाशित: ११ भाद्र २०७८ ०६:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App