५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
कला

बोर्डर म्यान अफ नेपाल सार्वजनिक

वरिष्ठ अधिवक्ता ९५ वर्षीय कृष्णप्रसाद भण्डारी, वरिष्ठ सञ्चारकर्मी ९२ वर्षीय भैरव रिसाल तथा विकास अभियन्ता ८७ वर्षीय बदी्रप्रसाद खतिवडाले संयुक्त रुपमा सीमा अध्येता बुद्धिनारायण श्रेष्ठद्वारा लिखित ‘बोर्डर म्यान अफ नेपाल’ सार्वजनिक गरेका छन्। पुस्तकमाथि वरिष्ठ सञ्चारकर्मी तथा समसामयिक लेखनकर्ता धु्रवहरि अधिकारी र त्रि. वि. पूर्वप्राध्यापनकर्ता रामेश्वर प्रसाद बरालले टिप्पणी गरेका थिए।

पुस्तकका लेखक श्रेष्ठले भने, ‘यस पुस्तकमा नेपालको सिमाना तथा अन्य देशहरु नाइजेरिया–बेनिन, उत्तर–दक्षिण कोरिया, जापान–दक्षिण कोरिया, क्यानडा–अमेरिका, भारत–पाकिस्तानका सीमावर्ती क्षेत्रगत अध्ययन गरेर हासिल गरेको अनुभव र त्यसबाट पाएको सीमा शिक्षा उल्लेख गरिएको छ।’ नेपालको सीमा मामिला विदेशीले पनि बुझुन् भन्ने उद्देश्यले नक्साको द्वन्द्व, चुच्चे नक्सा आदि अंग्रेजीमा लेखिएको कुरा जनाए।

भारत–पाकिस्तान अशान्त सीमा, भारत–बंगलादेश जमिन साटासाटले दिएको सन्देश, नेपाल–भारत–चीन त्रिदेशीय विन्दु, क्यानडा–अमेरिकाको खुला सीमा व्यवस्था, अमेरिकी तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई भारत अन्तर्गतको भन्दा उनका सल्लाहकारले नेपाल स्वतन्त्र देश हो भनी सच्याउन लगाएको प्रसंग पनि पुस्तकमा उल्लेख गरिएको छ।    

पुस्तकमा इलामको हिले भंज्याङका पेम्बा भोटियासमेतका ६ घरधुरीका नेपाली जनता २०५९ असार २४ गते ‘राती सुत्दा नेपाली, भोलिपल्ट बिहान उठ्दा त भारतीय’ भइरहेका रहेछन्। राती भारतीयले ७१÷२२ नम्बरको नयाँ पुड्को खम्बा गाड्नाले यस्तो भएको फिल्डगत अध्ययन विवरण उल्लेख गरिएको छ। यस्तै, त्यसै क्षेत्रको सीमा स्तम्भ नं. ७१÷१७ रहेको भारतीय एसएसबीले मिचेको जमिनको फोटो खिच्नलाग्दा नजिकैको क्याम्पमा रहेको एसएसबीको सेन्ट्री जवानले बन्दुक तेस्र्याउँदा आपूm फालतोडेर नेपालतिरको चिया पसलभित्र पुगेको घटना पनि रोचक तरिकाले उल्लेख गरिएको छ।

सीमा अध्येता श्रेष्ठको यो १३ औं पुस्तक हो। नेपालको सिमाना नामक उनको ग्रन्थले मदन पुरस्कार जितेको थियो। कार्यक्रमको आयोजना वरिष्ठ अधिवक्ता भण्डारी अध्यक्ष रहेको संस्था मानवअधिकार संरक्षण मञ्च (मासम) ले गरेको थियो। मञ्चले पुस्तकका लेखक श्रष्ठलाई चाँदीले बनाएको चुच्चे नक्सासहितको कदरपत्र प्रदान गर्दै सम्मान गरिएको थियो।

प्रकाशित: ४ भाद्र २०७८ १४:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App