१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

युरोपियन युनियनले लैङ्गिक समानताबारे लघु चलचित्र प्रतियोगिता गर्ने

नेपालस्थित युरोपियन युनियुनको डेलिगेसनले लैङ्गिक समानताबारे लघु चलचित्र प्रतियोगिताको घोषणा गरेको छ। युरोपियन युनियनले दसौँ संस्करणको नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल (नियुफ) को सहायक कार्यक्रमको रुपमा यो प्रतियोगिताको घोषणा गरेको हो।

यही असोजको १ देखि ९ गतेसम्म नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल (नियुफ)को  दसौँ संस्करण भर्चुअल रुपमा आयोजना हुँदैछ। प्रतियोगितामा लैङ्गिक समानताका विषयमा बनेका फिल्म प्रतियोगीको रुपमा सहभागी हुन सक्ने युरोपियन युनियनले उल्लेख गरेको  छ। 

लैङ्गिक विभेद, लैङ्गिक समानताका फाइदा, नेपालमा लैङ्गिक समानताको अवस्था आदि विषय उठाइएका फिल्मलाई प्रतियोगितामा प्राथमिकता दिइने पनि युरोपियन युनियनले जनाएको छ। यी मात्र नभएर लैङ्गिक समानताका विषयलाई छुने अन्य विषयमा बनाइएका फिल्म पनि प्रतियोगितामा सहभागी हुन सक्नेछन्।  

प्रतियोगितामा सहभागी हुने फिल्मकर्मी नेपालीनागरिक हुनुपर्ने र फिल्मको लम्बाई ४० मिनेट वात्योभन्दाकमहुनुपर्ने युरोपियन युनियनले शर्तको रुपमा उल्लेख गरेको छ। त्यसबाहेक प्रतियोगितामा सहभागी हुने फिल्म सन् २०१८ वा त्योभन्दा पछि बनाइएको हुनुपर्नेछ। त्यो समयावधिभन्दा अगाडि बनाइएका फिल्म प्रतियोगिताका लागि योग्य नहुने शर्तको रुपमा उल्लेख गरिएको छ।  

नेपालमा बोलिने जुनसुकै भाषामा बनेका फिल्म प्रतियोगितामा सहभागी हुन सक्ने जनाइएको छ तर यसरी बनेका फिल्म अंग्रेजी भाषामा सबटाइटल गरेको पर्ने छ। यदि अंग्रेजीमा नै पुरै फिल्म खिचिएको छ भने त्यसलाई नेपालीमा सबटाइटल गरेको हुनुपर्ने युरोपियन युनियनले बताएको छ।

प्रकाशित: ३ भाद्र २०७८ १२:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App